February 15, 2016

बधाई युवा !!

नेपाल र नेपाली को सिर उचो भएको छ यति बेला, सबै नेपाली खुसि छन् त्येसको कारण थियो हिजो नेपाल का युवा खेलाडी(पुरुस ) हरु ले भारतीय भुमि मा साग खेलकुद मा गोल्ड मेडल जितेर देश लाइ नै चम्काउन सफल भए त्यसै गरि महिला खेलाडी हरु ले त्यही  भुमि मा नेपाल लाइ रजत पदक जिताए यी दुवै खेल मा हिजो नेपाल ले रामो खेल्यो एउटा मा पहिलो भयेउ अर्को मा दोश्रो तर नेपाली को मन ति युवा खेलाडी हरु ले जितेर आशा का किरण हरु नेपाली जनता माझ छर्न सफल भए।  धन्यबाद ति खेलाडी हरु लाइ र बधाई दुवै टोलि लाइ जसको कारण हामी जनता को सिर उचो भएको छ।  मुरी मुरी बधाई युवा खेलाडी हरु लाइ। 

 हिजो को जित संगै नेपाली हरु मा खुसि को सिमा नै छैन उनीहरु छाती फुलाएर खेलाडी हरु को प्रसंसा गरि रहेका छन यति खुसि छन् नेपाली कि त्यो व्यक्त गर्न अपुग हुन्छ। हिजो को खेल को खेलाडी हरु मा मात्र नभई हरेक नेपाली मा महत्व थियो त्येसको एउटा कारण हिजो नेपाल भारत संग खेलेर उनीहरु कै भुमि मा उनिहरु लाइ हराउदै थियो र हरायो पनि र अर्को कारण थीयो नेपाली पुराना खेलाडी हरु ले गरेको खेलकुद मिलेमतो र त्येसले लागाएको दाग मेटाउनु त्येस उस ले पनि हिजो को खेल को अझ बढी महत्व भएको हो जस्तो लाग्छ। नेपाल भारत द्वारा गरिएको करिब ५ महिने नाकाबन्दि को कारण आक्रान्त भएको थियो त्येसैले हरेक नेपाली को चाहाना थियो नेपाली खेलाडी हरु ले  भारत लाइ हराएको हेर्ने र त्यो चाहना पुरा गरेरै छाडे  नेपाली  युवा टोलि ले, त्येसैले पनि नेपाली हरु अत्यन्तै खुसि छन। 



हिजो युवा खेलाडी हरु ले देश को सिर उच्चा परिदियेपछी नेपाली हरु बीच बहस को बिषय बनेको युवा नेत्रित्व समन्धी बिषय ले अझ स्थान पाएको छ।  हो यो बहस लाइ हिजो युवा हरु ले गरेको प्रदसन ले अझ ससक्त रुप दिएको छ हिजो जसरी युवा टोलि ले देश र रास्ट्र को लागि खेले एकजुट भएर खेले त्येसले टिम वोर्क को सिद्धान्त लाइ स्पस्ट पार्दछ।  यदि सबै नेपाली ले उनीहरु को त्यो क्षमता को अनुसरण गर्ने हो भने अवस्य पनि देश बिकास र देश को मुहार बदल्न समय लाग्दैन। खेलाडी हरु ले जसरि व्यक्तिगत स्वार्थ बिना केवल सबै को साझा उदेश्य (राष्ट्र का लागि खेल्ने र राष्ट्र को जित सुनिस्चित गर्ने ) का लागि खेलेरे जित हासिल गरे जसरि नेपाली हरु सबै ले त्यसरी नै काम गर्ने हो भने देश को भने देश छिटै नै बिकास हुने कुरा मा दुइ मत छैन।  यो कुरा बिसेस गरि हाम्रा राजनैतिक पार्टी र तिनका नेता हरु ले अझ बढी अनुसरण गर्नु आवस्यक छ। यदि राजनीति कर्मी  ले हाम्रा युवा खेलाडी हरु को त्यो साझा उदेश्य का लागि लड्ने शैली अपनाउने हो भने हाम्रो देश नेपाल बिस्व मै चिनिन सधै खेलकुद कै मात्रै भर पर्नु पर्ने कुरा बाट मुक्त हुने थियो।

अन्त्य मा देश का लागि खेल्ने र खेलेर देश को सिर उचो पार्ने हाम्रा युवा खेलाडी हरु बाट के सिक्न सकिन्छ भने अव देश को मुहार फेर्ने पालो युवा हरु को हो र ति युवा लाइ हाम्रा पाका पुस्ता ले आफ्नो सिप र क्षमता  अनुसार को अर्ति दिने बेला आको छ पुरानो पुस्ता को सुझाब र नया पुस्ता को काम गर्ने शैलि जस्तै हिजो को खेल मा प्रशिक्षक को प्रशिक्षण र युवा हरु को मेहेनत जस्तै गरि अव नेपाल मा युवा नेत्रित्व आवस्यक भएको छ।  र त्यो नेत्रित्व को बिकास गर्नु जरुरि छ त्येसले मात्र देश मा बिकास को काम लाइ अगाडी बढाउन सहयोग गर्ने छ। 
 फेरी पनि धेरै धेरै बधाई युवा फूटबल खेलाडी हरु लाइ।  जय देश !!

No comments:

Post a Comment