सोचेको थिएन कि माया लाग्छ तिम्रो
एक अन्जान व्यक्ति सँग नाता जोडिन्छ मेरो
कल्पना भन्दा फरक त पक्कै तिमी थियौं
तर त्यही भिन्नतामा पनि दिल जान्छ मेरो।
त्यो पहिलो भेट र भेट हुँदाको पल
अझै पनि लाग्छ कहिल्यै नहटोस त्यो पल
जब समायौं तिमीले मेरो हातमा हात मिलाई
तिम्रो स्पर्षले हराए म त्यहीँ लजाइ
त्यो तिम्रो स्पर्श त्यो तिम्रो हेराइ त्यो तिम्रो नसालु आँखा नि ओठ
मलाई लाग्यो तिमी नै सबथोक।
~ अर्जुन दार्ही -२०८१ बैशाख
No comments:
Post a Comment