July 18, 2018

साथी !!


  
साथि जसको अर्थ दुइ वा दुइ भन्दा बढी व्यक्ति जो एक ले अर्को लाइ सम्मान र आदर गर्छन र परेको बेला खुसि र दुख जस्तो सुकै परिस्थिति मा साथ दिन तयार हुन्छन त्यस्तो सम्बन्ध जहाँ कुनै स्वार्थ हुनु हुदैन भने कमजोरी स्वीकार गर्ने र राम्रो बाट सिक्ने उद्स्य हुनु पर्दछ भन्ने हो । साथी यस्तो सम्बन्ध जसको आवस्यकता जब आफु जन्मेको केहि समय पछी नै हुन्छ। त्यो बेला आमा बाबा अर्थात आफु लाइ हेर चाह जसले गर्छ त्यो नै साथि हुन्छ। बिस्तारै समय क्रम संगै हुर्किदै जादा संगै खेल्न रमाउन को लागि साथि खोजिन्छ त्यो बेला नजिक का छिमेकी आफ्नै उमेर का लगभग जो संग उस्तै आवश्यकता हुन्छ खेल्ने रमाउने ति साथी बन्छन। जब बिद्यालय जिबन सुरु हुन्छ अनि अर्को पाटो सुरु हुन्छ त्यहा आफु संग संगै बिद्यालय जाने अनि संगै बस्ने, हिड्ने,, डुल्ने खेल्ने भूमिका मा साथी हरु बन्दै जान्छ, भने बिस्तारै अलि ठुलो कक्षा मा पुग्दै गर्दा साथि को महत्व अझ बढ्दै जान्छ जहा आफ्ना कुरा पढाइ का कुरा साथीभाई का कुरा सबै आदान प्रदान गर्ने समस्या समाधान गर्न सहयोग लिने अनि अलि बिस्वसिलो आधार खोज्दै साथि निर्माण गरिन्छ। यो बेला सम्म आइ पुग्दा साथि भनेका परिवार पछी का नजिक का मान्छे जस्तै हुन्छन अनि महत्व पनि बढी हुन्छ जति महत्व सानो छदा हुदैन थियो। अनि बिस्तारै यो साथि को आवस्यकता हरेक क्षेत्रमा महसुस हुन्छ कुनै बेला यस्तो परिस्थिति हुन्छ जहा पारीवार संग केहि चित्त नबुझ्दा पनि साथि सहयोगी  बन्ने र आफ्ना भाबना असन्तुस्टी व्यक्त गर्ने माध्यम नै साथि हुन्छन। साथी ले आफ्नो कुरा राख्ने अनि सुन्ने र समस्या को समाधान खोज्न मद्धत पनि गर्छन भने कैले समस्या निम्त्याउने पनि हुन्छ एक ले गरेको काम लाइ नबुझी साथी को साथ् को लागि समर्थन गर्दा कुनै समय अफ्ट्यारो परिस्थिति सिर्जना पनि नहुने होइन त्यस्ता घटना साथि बीच मा सामान्य नै हुन्छन अनि अझ एक ले अर्को लाइ चिन्न मद्धत गर्ने नै हुन्छन।


जब बिस्तारै समय को माग अनि बाधय्ता परिस्थिति अनि बिस्बस्ता ले सबै साथी संगै सुरु देखि अन्त्य सम्म संगै संगै नहुन सक्छन भने विभिन्न समय र आवस्यकता अनि परिस्थिथि अनुरुप कोइ साथी छुट्नु पर्छ कोइ नया बनाउनु पर्छ अनि बन्छन कोइ अलि नजिक भै रहन्छन भने  कोइ टाडीनु पर्छ। यो साथी को चक्र नै हो जहाँ जिबन को चक्र ले जसरि आफ्नो मोड हरु मा परिवर्तन गर्दै जादा साथी पनि परिवर्तन हुन्छन भने कोइ सधै संगै पनि बनेका उदाहरण पर्याप्त हुन्छन। कोइ सानै देखि संगै हुन्च्छन बन्छन भने कोइ पछि आवस्यकता र भेटघाट समय अनुसार बन्दै जान्छन जे  होस् साथि रहुन्जेल को महत्व कहिले कमि हुदैन र हुनु हुदैन पनि। बाध्यता र बिबसता ले सधै साथ् दिन नसके पनि समय को कुनै काल खण्ड मा साथ् चाहिन्छ र त्यो साथि सके सम्म अनुकुल भए सम्म सम्पर्क मै हुनु पर्छ र एक ले अर्को लाइ सदा सम्मान गर्नु पनि उतिकै जरुरि हुन्छ। 
जब आफ्नो भबिस्य को बाटो तय गरिन्छ, बुझिन्छ अनि त्यो अनुरुप अघि बढ्दै गरिन्छ त्यो बाटो मा अनेकौ साथी हरु नजिक हुन्छ त् कोइ टाडीन्छ्न ति बेला का साथि अझ महत्व पूर्ण हुन्छन सायद तर यो जिबन चक्र अन्तर्गत कै एउटा पाटो होला तर जब साथी एक ले अर्को को सम्मान र भबिस्य लाइ बुझेर अघि बडछन्  अनि साथ दिइन्छ त्यो साथि सधै भरि संगै होस् र नजिकै होस् भन्ने अपेक्षा अवस्य हुन्छ। परिस्थिति ले केहि समय टाढा बनाएको र आफ्नो भबिस्य निर्माण को सिल सिला मा टाढा बनेका साथी केहि बर्ष सम्पर्क मै नहुदा पनि पछी भेटिएका र सम्पर्क मा आई उस्तै पुरानै जस्तो पहिले छुट्दा थियो त्येही सम्बन्ध अघि बढाउने साथी हरु पनि यहा भेटिन्छन भने कोइ जो एकदमै नजीक भनेर अघि बढेका अनि सधै साथ् दिन्छु भन्ने हरु केहि स्वार्थ , घमण्ड र इर्स्या अनि त्याग गर्न नसक्दा टादिने हरु पनि हुन्छन। यद्द्य्पी साथि भनेको जिबन भरि सधै संगै हुनु पर्छ र हुन्छन भन्ने पनि होइन तर केहि उदाहरण हरु जस्तै नेपाल का केहि साथी का दिन सकिन्छ त्यस मा मह जोडी जो पछी भबिस्य निर्माण को क्रम मा भेटिए अनि बीच मा केहि बिबाद आए पनि जिबन संगै साथ् दिने गरि उदाहरणीय भै बसेका छन ति पात्र सबै का लागि सम्मानित छन , भने त्येस्तै उदाहरण अरु पनि खोज्न सकिन्छ। त्यसै गरि कोइ एकदमै नजिक भाको र पछी एकदमै नराम्रो गरि छुटेका उदाहरण हरु पनि समाज मा प्रसस्त पायिन्छन। 


सायद प्रबिधि को बिस्तार संगै साथी को आवस्यकता अलि कम र महत्व न्यून हुदै गएको हो कि जस्तो लाग्ने गरेता पनि साथी को महत्व झन् बढेको पायिन्छ। नया नया समस्या समाधान एक्लै गर्न नसकिने अवस्था , सुझाब सल्लाह र सहयोग को भवना को  आवस्यकता पनि प्रबिधि को बिस्तार संगै बढेको हुनाले साथि को महत्व झन् बढ्दै गएको देखिन्छ भने यो अझै बढ्ने सम्भावना लाइ नकार्न सक्किन्न। आज भोलि सामाजिक संजाल को प्रयोग बाट साथी बन्ने र आफ्नो स्वार्थ पूर्ति पछी मतलब नगर्ने हरु पनि देखिन्न्छ। सामजिक संजाल ले पैले को भन्दा छिटो साथी बनाउन सहयोगी भूमिका खेलेको भएता पनि त्येसले साथि को महत्व लाइ छाया मा पर्ने काम पनि नगरेको भने होइन। तर जो साथीको बास्तबिक महत्व बुझेको छ र बिना कुनै स्वार्थ साथ् खोज्ने र दिने गर्छ त्येस्तो साथी कहिले पनि जति अफ्ट्यारो र कठिन प्रस्तिथिति आए पनि बिर्सेर साथ् दिहिनै रहन्छ।  त्यस्तो साथी आजिबन साथि बन्न सक्छ जसले हरेक सुख, रमाइलो र सुखी अवस्था मा मात्र होइन दुख ,अफ्ट्यारो र झगडा लाइ पनि बिर्सेर साथ दिहिनै रहन्छ। त्यसैले  साथि यस्तो सम्बन्ध हो जहा न कुनै स्वार्थ हुन्छ, हुन्छ त् केवल सधै साथ् दिने हरेक परिस्थिति मा साथ् खोज्ने स्वार्थ हुन्छ। राम्रा र नराम्रा दुवै पक्ष लाइ उजागर गरिदिने सम्मान गर्ने र सुझाब र सल्लाह ले समस्या समाधान मा योगदान दिने नै बास्तबिक साथि बन्न सक्छन। साथी बनाउन जति सजिलो छ त्यति नै निभाउन र टिकाउन पनि  उत्तिकै महत्वपुर्ण र गारो  हुन्छ त्यस्तो साथि जो कोहि बन्न सम्भब नै हुदैन। 
imagesource:Google/image

No comments:

Post a Comment