April 19, 2020

कोरोना अनि लकडाउन!

कोरोना तिमि भाइरस बनि आएउ किन
संसार भरि सबै लाइ दुख पिडा दिन।

कोरोना आएउ तिमि बनाएउ बिचल्ली

खोसी दिएउ लाखौ को  जिबन भयो अचाक्ली।

तिम्रै कारण भयो संसार ठप्प

बन्न सकेन तिमीलाई प्रास्त गर्ने अस्त्र।
तिमि कस्तो निर्दयी लाग्दैन तिमीलाई दुख अलिकति
गर्दैछौ अझ धेरै मानबिय र आर्थिक क्षति कति ?

तिम्रो नाम अहिले सुन्दा पनि मानिस काप्छन कति

तिमि ले गर्नु गरेउ, तिमि कस्तो अदृष शक्ति।
हावा अनि स्वास प्रशास संगै मानिस को सम्पर्क ले नि सर्ने
एक मानिस अर्को मानिस कति दिन यसरि छुट्टाछुट्टै बस्ने।


तिम्रै कारण बस्नु परेको छ महिनौ एउटै घर एउटै कोठा

सबै ले भन्छन यो कस्तो आयो दशा
डा. अनि स्वास्थ्यकर्मी छन् उपचारमा अघि
आफ्नै समाज अनि परिवार लाइ संक्रमण नहोस् भनि।

कोरोना अव त् सोच मानब को पिडा भयो धेरै

तिमि अव चटक्क निको बनि गैदेउ पर सधै ।
तिम्रो लागि धेरै ले गरे अध्ययन  अनि अनुसन्धान
यहि मौका मा धेरैले त् गरे नया आबिस्कार अनि अन्वेषण।।

लौन बैज्ञानिक अनि अनुसन्धान कर्मी पत्ता लागाउ औसधि छिटो

त्यतिन्जेल हामि सबै मानब बसौ गुप्ताबास सहौ दुखसिलो !!

                                     ~ अर्जुन दाह्री बैसाख ७, २०७७ (लक्डाउन को २७ औ दिन )
                                                                 


  

No comments:

Post a Comment