अधुरो प्रेम !
तिमी जसरी आएउ अनि त्यसरी नै गएउ पनि
सम्झ त तिमी आउनु पनि त समय को खेल थियो
या बाध्यता को मेल
मलाई लाग्दैन बाध्यता को मेल,
मेल त समय ले नै जुराएको हुनुपर्छ
तर त्यही समय ठिक समय कुन भन्ने चै नबुझी ल्याउदो रैछ
समय यस्तो हुदो रैछ आफैमा आफू टक टक चली रहन्छ नफर्किन्छ न आफ्नो रफ्तार नै परिवर्तन गर्छ
तर उसैले खेल खेल्छ हामीलाई अनि खेलाउछ
मेल बेमेल, आफ्नो पराइ, नजिक टाढा, दुख सुख
यस्तै यस्तै खेल र जित्छ उ आफू हामीले जित्ने भनेको त
उहीँ न हो कुहिरो को घाम जस्तै कुनै समय झुल्किपो हाल्छ भन्यो तर नझुल्की बर्सात बने जस्तो
हो हामी लाई जित्न कठिन खेल खेलायो यहि समय
अनि हामी लाई नजिक बनाउने भन्दा टाढा लैजाने खेल खेल्यो
हाम्रो त के दोष यस्मा हामी चाहान्थ्येउ एक र एक मिलाइ एकै हुन
र थालेका थिएउ कुरुस ले सपना बुन्न जसरी सुन्दर टोपी बन्छ सोचेको
बिच्मै यति उनेको धागो फुकाल्नु परेको छ र
नियती ले नाइ भन्नू परेको छ
नचाहेको नाइ भन्नू परेको छ
र एकले अर्कालाइ बाइ भन्नु परेको छ।
र पनि प्रेम भ्रम हुन सक्दैन केबल हुन्छ त अधुरो
केबल अपुरो र तार बिनाको वाइफाइ को ईन्टरनेट जस्तो
टाढै बाट कनेक्ट हुनेछ बेला बेला झ्यार झार गर्दै सम्पर्क स्थापित गर्ने छ। हाम्रो प्रेम अधुरै सहि लामो हुनेछ।
~ बैशाख २९, २०८१
No comments:
Post a Comment