February 2, 2016

बिद्धार्थी, विषय चयन र नेपाली समाज

नेपाल जस्तो देश जहा का बिद्धार्थी हरु लाइ कुन बिषय चयन गरि अध्यन गर्दा भविस्यमा त्येसको संभावना कति छ र त्येस मा आफ्नो भविस्य छ या छैन भनेर आकलन गर्न गारो छ, त्येसैले बिद्धार्थी हरु इच्क्षा र चाहाना भन्दा पनि देश मा पाउने अवसर हेरेरे आफ्नो पढाइ लाइ अगाडी बढाउन  बाध्य हुने यस नेपाली समाज मा अझै पनि डाक्टर पाइलट इन्जिनियर मात्रै राम्रो पढाइ हो  र मेरा छोरा छोरि ले यी बिषय चयन गरि पढे हुन्थ्यो भन्ने धेरै को बुझाई पाइन्छ येस्तै समाज मा एकजना  कृषि पढ्दै गरेकी मेरी साथी ले भोगेको यथार्थ र उनको बिचार जस्ताको तस्तै  यहा समेटिएको छ यो उनको मात्र नभई अहिले धेरै बिद्धार्थी हरु मा उत्पन्न हुने समस्या बनेको छ :
 
"के पढ्छेस् नानी ?कृषि पढ्छु।हो, डाक्टरको लाइन पढ्दै थीस हैन ?यि हुन मैले कृषि पढ्न सुरु गरे देखी को मलाई सोध्न लगिएका प्रश्न, मेरो गाऊमा। अनि के भयो र एमबिबिएस मा नाम निस्केन हो? यस्ता प्रश्न हामी कृषि पढ्ने बिधयर्थी को लागि कतिन्जेल सम्म ?नेपाल आफुमा एउटा कृषि प्रदान देश हो यहाँका अधिकम्श नेपालीहरु कृषिमै जिबिकोपर्जन गर्दछन तर पनि यो बिषय पढ्ने बिधयर्थी लाई अलोचना गर्ने जमात पनि ठुलै छ। हामीले यो बुझ्न पनि जरुरी छ कृषि देश बिकास को मेरुदन्ड हो, यस्को बिकास बिना अरु बिकास असम्भव छ एस्को अर्थ अनर्थ नलगोस। सबै ब्यवसाय को बिकल्प छ तर कृषि को कुनै पनि बिकल्प छैन तेसैले आज कृषि सम्बन्धी धेरै अनुसन्धान र खोज हुन जरुरी छ जुन हाम्रो परंपरागत कृषि पढ्धति बाट असम्भव छ । अब को कृषि भनेको निर्बाहमूखी नभएर ब्यवसाय मुखी र दिगो बनाउन जरुरी छ । जस्को लागि यसै सम्बन्धी विंंज्ञ को एक्दमै खाचो छ नेपाल जस्तो देश जहाँ कृषिको लागि चाहिने सबै खाले हावा, पानी र माटो छ। हामी प्राय नेपाली हरू को बुझाइ कृषि भनेको त्यो मान्छे ले गर्ने हो जो अनपढ छ, जस्ले अरु ब्यवसाय गर्न सक्दैन तर यो बिचार कती हद सम्म सहि हो आँफै मुल्याङ्कन गर्न सकिन्छ जबकी यस्तै दर ले जनसंख्या बढ्दै र उत्पदान घट्दै जाने हो भने अबको दश बर्ष मा खाध्यन्न को सम्श्या नआउला भन्न सकिँन्न । जुन कुराको समाधान एक मात्र हो येस्का लागि हामी अब वैज्ञािनक तरिका अपानएर कृषि क्षेत्रको उन्नति गरि उत्पादनलाई बढाउनु पर्द्छ् । मानब सभ्यता को उत्पत्ती सगै सुरु भएको हो कृषि, यो अपरिहार्य छ जिबनमा तर अहिलेका युवा हरु ले कृषि प्रती त्यति चसो दिएको पाइदैन। तयसैले कृषि क्षेत्र को बिस्तार् को लागि एस्को प्रचर प्रसार र आबद्द हुन जरुरी छ । जस्को करणले निकत भविस्यमा उत्पादनमा ह्राश र नेपाली हरु भोक मरिले छट्पटीनेजस्ता सम्स्या आउँदैनन। यदी हामीले आफ्नै देश मा उबजने गरेर देश्लाई खाद्यन्न पुर्याउन सक्यो भने कृषि छेत्रको बदुव मात्र नभएर सिङै देश को अर्थतन्त्र मा नै सहयोग पुग्छ भन्ने कुरा बिर्सनु हुँदैन।तेसैले आज देशमा कृषि क्षेत्र लाई अगाडि बढाउनको लागि दक्ष र सक्षम जन सक्ती को खाचो छ। अन्तयमा हामी कृषि पढ्ने बिधयर्थी हरु डाक्टर बन्न नसकेर कृषि बिज्ञ बन्न आएका पक्कै पनि हैनौ। अबका दिन हरुमा कृषि पढ्न आउने बिधयर्थी लाई हलो, कुटो, कोदालो चलाऊन किन पढ्नु पर्यो भनेर निरुत्सहित नगरियोस!"
यी भोगाई र बिचार अर्घाखाँची घर भै हाल रामपुर कृषि क्याम्पस मा कृषि बिषय मा स्नातक अध्यन गर्दै गरेकि पुष्पा बिक का हुन्। 

No comments:

Post a Comment