यो मेरो दार्ही दुनिया लाइ किन भारि ??
पछिल्ला वर्षहरूमा दाह्रीका सोखिन तन्नेरीहरूको संख्या सहरमा बाक्लै देखिन थालेको छ । तर यिनीहरूले ऋषिमुनिजस्तै देखिन दाह्री पालेका होइनन् । धेरैलाई भ्रम छ, गृहस्थ त्यागेका वा काम न काजकाहरू दारी पाल्छन् । हो, यही आम सोचाइलाई चिर्नकै लागि दाह्री पाल्ने तन्नेरीहरूले समूह नै गठन गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा दाह्री ग्याङ नामक फेसबुक पेज नै चलाएका छन् । आफ्नै म्यासेन्जर ग्रुपसमेत छ उनीहरूको । जहाँ उनीहरू आ–आफ्ना अनुभूति मात्रै साट्दैनन्, दाह्रीका अनेकन रहस्य र किस्सा पनि बाँड्छन् । उनीहरूको साझा उद्देश्य दाह्रीमा मात्रै अल्झेको छैन । यो ग्याङका साथीहरू परोपकारी र सामाजिक काममा पनि उत्तिकै संग्लन छन् । उनीहरू चाहन्छन, दाह्री पाल्नेहरू पनि जिम्मेवार मान्छेहरू हुन् भनेर सबैले जानुन् ।
केही वर्षपहिले सुरु भएको दाह्री ग्याङमा अहिले देशभरका एक लाखभन्दा बढी सदस्य छन्
http://kantipur.ekantipur.com/printedition/news/2017-08-19/20170819102526.htmlकेही वर्षपहिले सुरु भएको दाह्री ग्याङमा अहिले देशभरका एक लाखभन्दा बढी सदस्य छन्
No comments:
Post a Comment