April 18, 2020

बर्षा झरी


बर्षा जब जब तिमि बर्सिन्छौ अनि खुसि बन्छ प्रकृति
जब जब तिमि बर्सिञ्छौ खुसि बन्छन चरा चुरुङ्गि 
खुसि बन्छन जनावर जल चर अनि किरा फट्यांग्रा
खुसि बन्छन ताकि ति सबै ले प्यास मेट्न पाएका हुन्नन्
जब जब तिमि बर्सिञ्छौ अनि खुसि हुन्छन प्यास मेटछ्न !

किशान पर्खिन्छन जमिन पर्खिन्छ माटो पर्खिन्छ
जब तिमि बादल को घुम्टो भित्र बाट  धर्ति तर्फ को यात्रा गर्छौ
हो ति सबै को मुहार हास्छ मन खुसि हुन्छ अनि भन्छन बर्षा भयो
किशान ले खेत बारी सिंचित गर्छन, जमिन सिंचित भै मिठो सुगन्ध फ़ैलाउछ माटो बसाउछ
हो किशान लाइ तिम्र भर छ त्यसैले त् तिमि झर्छौ। 

तिमि कैले खुसि बनेर झर्छौ त् कैले दुखि बनेर
खुसि बन्दा सबै ले ओहो कस्तो आनन्द कस्तो झरी प्रशंसा
जब तिमि झछौ सब को स्वार्थ पुरा हुन्छ अनि फेरी सुरु हुन्छ घृणा
भन्छन कैले कस्तो झरी परेको वा क्या आनन्द त
कैले कति परेको झरी यो बर्षा अव त् बन्द होउ भनेर। 

सबै स्वार्थ ले भरिएको यो संसार ना तिमि पनि निस्वार्थ कहा हुन् सक्थेउ
कैले झर्छौ सहि समय मा त् कैले बेमौसम मा
कैले खुसि बनाउन पर्ने मा दुख दिन्छौ दुखि बनाउछौ
झरिरहनछौ अनि बिपत निम्ताउछौ त मानबिय क्षति को कारक बन्छौ
कैले सितलता दिदैनौ भने कैले चिसो बनिदिञ्छौ हो तिमि यस्तै छौ बर्षा।
~ अर्जुन दाह्री, बैशाख ७, २०७७ 
  


No comments:

Post a Comment