१
हरायो नभन्नु प्रिया केहि टाढा दुरिमा छु!
हात सम्म समाउन मिल्दैन मझ्बुरिमा छु!
हात सम्म समाउन मिल्दैन मझ्बुरिमा छु!
अस्त्रको लढाई गौण बन्यो यस्को सामु त,
हावामा क्षेणिएको युद्ध जित्ने हुरिमा छु!
हावामा क्षेणिएको युद्ध जित्ने हुरिमा छु!
ख्याल ठट्टा गर्ने समय हैन यो बुझ तिमी,
रेट्न सक्छ प्राण धार परेको छुरिमा छु!
रेट्न सक्छ प्राण धार परेको छुरिमा छु!
२
मलाइ पिरती पनि लाग्छ आफ्नै बलि जस्तो
तिमी बलिरहेको दियो अनि म पुतली जस्तो
तिमी बलिरहेको दियो अनि म पुतली जस्तो
छोराले रुवाउदै आमालाइ बृद्धाश्रम छोड्यो
तब मलाइ लाग्यो साच्चै यो युग कलि जस्तो
तब मलाइ लाग्यो साच्चै यो युग कलि जस्तो
तिमी भएर नै त जिन्दगिको शोभा बढेको छ
लाग्छ म घर जस्तो अनि तिमी बार्दली जस्तो
लाग्छ म घर जस्तो अनि तिमी बार्दली जस्तो
फुल भनेर उपहारमा उन्ले काडा पठाइछन
म चुमिरहन्छु मलाइ लाग्छ मखमली जस्तो।
~सुनिल पन्थी
म चुमिरहन्छु मलाइ लाग्छ मखमली जस्तो।
~सुनिल पन्थी
No comments:
Post a Comment