म बच्चा जस्तो बन्छु रे
उस्ले भनेकी म बच्चा जस्तै बन्छु रे
हो जब माया मा म चुर्लुम दुब्न खोज्छु उ सङ बच्चा जस्तै बन्ने मन हुन्छ
जब म उसलाई हेर्छु म निसब्ध हुन्छु
अनि हेरि रहन्छु
उ कैले लजाउछे, कैले रिसाउछे, कैले वास्तै गर्दिन
हो म बच्चा जस्तै हुन्छु जब म मायालु संग हुन्छु।
म खुला किताब हु आफै मा उस्को अघि छरपस्ट छु
उस्ले मलाइ पढ्न खोज्छे सक्दिन अनि भन्छे
तिमित कस्तो जिस्किने
तिमी त बच्चा जस्तै गर्छौ
हो खै किन म बच्चा जस्तै बन्छु उस्को माया पाउन म खुला हुन चाहन्छु बच्चा बन्न चाहन्छु
उस्ले बुझ्दिन मेरो माया को चाह अनि भन्छे म बच्चा हु।
हो म बच्चा हु जस्ले बालापन मा धेरै माया खोज्छ
रिसाउछ , ठुस्सिन्न्छ, कल गर्छ
लुडिबुडी गर्छ अनि मिठो गरि फकाए उत्ति बेलै फेरि खुसी बन्छ
हो त्यस्तै म पनि केही थाहा नभएको माया को भोको भएको माया पाउने स्वार्थ भएको एक बच्चा हु र बच्चा नै बन्न मन पराउछु उस्लाइ मन परोस या नपरोस उस्को अघि बच्चै बन्छु।
उ खै किन खुल्दिन
मलाई माया नगर्ने पनि होइन तर उ माया देखाउदिन
उसलाई संकोच लाग्छ या डर म सङ
माया त लाग्छ तर बिश्वास नभएको हुन सक्छ
उस्ले त्यही कुरा त बुझिन जब म उ सङ हुन्छु म बच्चा हुन्छु हो उस्ले बच्चा लाई कसरी माया गर्ने भनेर नबुझेकी पनि त हैन होला
बुझेर पनि आफ्नो माया ठुलो छ उसलाई कसरी बच्चा बनाउ उसलाई त्यही संकोच पनि त होला हो उसलाई मेरो माया को बालापन मन पर्छ या युवा पन त्यो मैले पनि त नबुझेको हुला
तर मलाइ उ सङ हुदा म बच्चा भएकै मन पर्छ।
म पनि त स्वार्थी हुला आफुले माया पाउन उस्को अघि बच्चा बन्ने
उस्को मन को चाह नबुझ्ने , जानी जानी गरेको बेवास्ता नबुझ्ने हो म बच्चा हु उस्को जब म उसङ हुब्छु।
~अर्जुन दार्ह्री २०७७/०१/१७
No comments:
Post a Comment