June 18, 2021

म बाहुन


पुगेन हिजाे छातीकाे नाप
हुनसकिन लाहुरे
लुखुरे थिँए,
वनारस गँए, धाेती लगाँए, कलम समाएँ
राइफल समाइँन ।
भित्र्याए डलर अरुले,
मैले भित्र्याँए शिक्षा, साहित्य,
चलाएँ सँस्कार र संस्कृति
आफ्नै ज्यानकाे बाजि मारेर बचाँए देश
त्यसैले आज शाेसक सामन्त कहलाए
म बाहुन ।

मास्टर भँए, पाठशाला धाँए, शिक्षाकाे ज्याेति फिँजाए
सबकाे हातमा किताब, कलम र कापि थँमाए
मानवताकाे पाठ पँढाए
पशु हुनबाट बचाँए
त्यसैले अाज निरङ्कुश कहलाए
म बाहुन ।

आरक्षण चाँहिदैन मलाई, काेटा चाँहिदैन
अब मलाई जावाे जागिर पनि चाँहिदैन
अगाउँजी खाईसके पुस्ताैँ पुस्तालाई पुग्नेगरी
दबाउनु सम्म दबाए मैले सदिअाै देखि अरूलाई ।
आज पनि,
बिचरा त्याे मन्त्रिकाे छाेरी अनि त्याे सभासदकाे छाेराे पनि भाेकै हाेला
मलाई दाल भात राेटी केही चाँहिदैन
यति काफि छ, जातैले माथि छु
म बाहुन ।
सुनकाे धुरी लगाउन
तेल खानी र ग्याँस च्यामबरबाट मलाई बाेलाई रहेछन्
यताबाट पनि उतैतिर धपाउन
ठाेकेर स्ट्याम्प राहदानी थमाई रहेछन्
हुँईया...हुँईया..
आहाे ! पिलिन पाे! करायाे ...
आज मलाई नलि जाँदैन त्याे
सेताम्मे लम्पसार तेर्सिरहन्छ गाैसालामा
टिकट देकाे छ दलालले भरे १२ बजेकाे
बचाउ प्रभु मेराे देशलाई
सुम्पेर सर्वश्व,
चढ्दैछु पिलिन, जाँदैछु कतार
म बाहुन ।।

No comments:

Post a Comment