July 20, 2020

साउन ५

कतै बाढि कतै पहिरो जनतालाइ दुख
कैले महामारी कैले प्राकृतिक प्रकोप जनतालाई दुख
सरकार र दल छन् आफ्नै कुर्ची र पद को खेल मा याहा
राजनीतिक अस्थिरता र इमान्दारी नहुदा नेतामा जनतालाइ दुख।

झरी पर्दा आभास हुने त्यो सुगन्धित गन्ध जस्तै
हिलो मा कुल्चिदा माटो र मानिस को सम्बन्ध जस्तै 
तिम्रो र मेरो मेरो र तिम्रो पनि मायाको 
सम्बन्ध प्रगाढ बन्नेछ साउने हरियाली को प्रबन्ध जस्तै।  


तिम्रा र मेरा सपना आफ्नै आफ्ना भए पनि 
हामि मिलि एक बनाउने देखिएका सपना  भए पनि  
जिन्दगि न तिमीले भने जस्तो हुने न मैले भने जस्तो 
नहुनु निराश स्विकार्नु नजिक टाढा जहा छौ जे बिपना भए पनि।   

No comments:

Post a Comment