कसैलाई सुख मा मिल्छ
कसैलाई दुख मा मिल्छ
कोइ स्वन्त्रता मा खुसि खोज्छन
कोहि बन्धन मा
कोहि रमाउनु खुसि हो भन्छ
कोहि कमाउनु खुसि हो भन्छन
भन्छन त् कोहि जिन्दगि को हरेक कुरा मा खुसि खोज्नु पर्छ
तर भने जस्तो सजिलो कहा हुन्छ खुसि।
खुसि कसैलाई अरु लाइ सेवा गर्दा मिल्छ
कसैलाई अरु लाइ दुख दिएर मिल्छ
हो कुन कुरा ले आत्मा सन्तुस्ट बन्छ त्यो
व्यक्तिगत स्वतन्त्रता को कुरा होला
तर कसैलाई दुख दिएर पाएको खुसि के खुसि
जबकि आफ्नो खुसि मा अर्को बन्नेछ बेखुसी।
आफ्नै कारण कोहि लाइ दिन सक्ने खुसि
यस्तो खुसि हो त्येस्तो खुसि पाउन
सजिलो छ र कहा , त्यहात्
इमान्दारिता, ब्यबहारिकता, मानबता, र समानता
सबै को चाजो मिलेको हुन्छ अनि पो पाइन्छ सन्तुस्ट हुने खुसि।
खुसि यस्तो भयो कि अचेल
मान्छे पैसा मा किन्न खोज्छन
पैसा मा बिक्ने चिज सम्जिंछन
पैसा नै सबथोक हो भन्ने हरु पैसा मै खुसि
माया नै सबथोक भन्नेहरु माया मै खुसि
कर्म मै खुसि खोज्ने हरु कर्म ले खुसि
धर्म मा खुसि देख्ने हरु धर्म ले खुसि
बस खुसि आफै मा छ
खोज्नु पर्दैन अन्त कतै
खोजौ आफ्नो आत्मा र ब्यबहार मा खुसि
त्यहि नै हो सबै ले पाउने उत्तम खुसि।
~ अर्जुन दार्ही २०७७।४। २३
No comments:
Post a Comment