यो मन कस्तो मन
कैले बहकिन्छ, कैले थलिन्छ
कैले औधी खुसि हुन्छ कैले रोइदिञ्छ
आखिर मन न हो यसरि नै चलेको छ सबै को मन ।
कसैले बास दिन्छन कसैले खोसी लिन्छन
कोहि चोरी दिन्छन त कोहि मोहित हुन्छन
जिन्दगिमा मन को ठुलो गुण छ
कैले रुन्छ कसैले सुन्छ
कैले प्रेम दिन्छ कैले दुख दिन्छ
हो मन कैले कोमल हुन्छ त कैले ढुङ्गा हुन्छ।
एक मन ले अर्को मन खोज्छ
अर्को ले अर्कै रोज्छ
मिल्यो भने एक हुन्छ
नमिले क्रुर हुन्छ
कोमलता भित्र हुन्छ बाहिर उग्र रुप हुन्छ
मिल्ने को आफ्नो हुन्छ नचिन्ने को सबथोक गुम्छ
हो मन लाइ चिने मिलन हुन्छ
कैले बिछोड हुन्छ
तर धेरै मिलन मन धेरै बुझ्नु पर्छ
कैले आफ्नो मान्नु पर्छ कैले त्याग पर्छ
अनि मात्र मन ले मन को मिलन मान्छ।
मिल्ने मात्र हुन् यो मन
नमिठो बिछोड पनि मन मा छाप हुन्छ
कैले सराप लाग्छ कैले अर्को ले साथ् माग्छ
मन हो सबैलाई दिन कहा मिल्छ आफ्नो भनेको आफ्नै हुन्छ।
No comments:
Post a Comment